सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रेडरले कुल्चिएर छात्राको मृत्युपछि आन्दोलनमा विद्यार्थी 

२०७९ मंसिर १५, १२:३८ खबर संवाददाता

धनगढी: धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका हुन्।

उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्। आज बिहान धनगढी उपमहानगरपालिका-५ तारानगरकी चेतना साउद हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

 

 

कमेन्ट लोड गर्नुस