सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको मृत्यु 

२०७९ मंसिर १५, ११:४३ खबर संवाददाता

धनगढी: धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी प्रहरीले बताएको छ। 

बिहीबार उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलयात्री साउँदलाई कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

चालक चितवन भरतपुर महानगरपालिका- २८ बस्ने २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। साउँदकाे शव घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।  
 

कमेन्ट लोड गर्नुस