सुदूर नेपाललाई विश्वसँग जोड्दै

कस्तो रहला आजको मौसम ?

२०७९ मंसिर १५, ०७:३६ खबर संवाददाता

धनगढी: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस