सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुकुमबासीले घेरे काठमाडौं महानगरको कार्यालय

२०७९ मंसिर १३, ०१:१२

काठमाडौं : सुकुमबासीले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारका सकुमबासप्ले महानगर अगाडि विरोध प्रदर्शन गरेका हुन्। 

ठूलो संख्यामा जम्मा भएका सुकुमबासीले आफूहरूलाई बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध गर्दैछन्। सोमबार महानगरपालिकाले सुकुमबासी बस्ती हटाउन डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो। महानगरका प्रहरी घाइतेसमेत भएका थिए।

नाराबाजीसहित महानगरपालिका पुगेका सुकुमबासीले महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नाराबाजी गरेका छन्। उनीहरुले ‘सुकुमबासी एक होऔँ’, ‘बालेन साह होसियार’, ‘सूचनाआतंक बन्द गर’लगायतका नारा लगाएका नारा लगाएका छन्। 

‘भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबर्जस्ती हटाउन प्रकाशित सूचनाविरुद्ध बृहत् खबरदारी ¥याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए। 

कमेन्ट लोड गर्नुस