सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवायुवती पक्राउ, दुई अत्तरियाका 

२०७९ मंसिर १३, १०:५२ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवायुवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-३ का ४६ वर्षीय कर्ण विक, मोरङको विराटनगर उपमहानगरपालिका ६ जामुनगाछी घर भई हाल गोदावरी २ अत्तरिया बजारमा होटलमा काम गर्ने ३३ वर्षीय राकेश कोइराला र कृष्णपुर गरपालिका ९ राजघाट बस्ने २४ वर्षीया अञ्जु भन्ने चन्द्रवती कपड्याल रहेका छन्।

जिल्लाको बेलौरी नगरपालिका-७ बाट सोमबार अटोमा सवार उनीहरुलाई २.९१ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। उनीहरु सवार सु.प्र.प.०१ ००१ ह २८१२ नम्बरको अटो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

उनीहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा राकेशले बायाँ हातमा लुकाईछिपाई राखेको लागुऔषध खैरो हिरोइन बरामद गरिएको र तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस