सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

२०७९ मंसिर १३, १०:०६ खबर संवाददाता

काठमाडौं: काठमाडौंको टोखा नगरपालिका-६ ग्रिनल्याण्डमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा चालकको मृत्यु भएको छ। दुर्घटनामा नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो।

प्रहरीका अनुसार गएराति बा ७४ प ५७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो। चालक कँडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।त्यस्तै, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय सन्देश कार्की घाइते भएका छन्। उनको टोखास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

कमेन्ट लोड गर्नुस