सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ आजको मौसम पूर्वानुमान 

२०७९ मंसिर १३, ०६:१७ खबर संवाददाता

धनगढी: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ।

 

कमेन्ट लोड गर्नुस