सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना, धनगढीका युवकको मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर ११, ०४:१० खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल पल्टिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० अमखैयामा शनिबार मोटरसाइकल पल्टिएर चालकको मृत्यु भएको हो। 

प्रहरीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ३ का ३६ वर्षीय टेकनाथ न्यौपाने रहेका छन्। सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारका क्रममा न्यौपानेको मृत्यु भएको प्रहरी चौकी पहलमानपुरले जनाएको छ। आइतबार बिहान ७ बजे से ५ प १३६२ नम्बरको उनी सवार मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको प्रहरीको दाबी छ।

कमेन्ट लोड गर्नुस