सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कार आरोपमा एक जना पक्राउ 

२०७९ मंसिर ९, ०९:४२ खबर संवाददाता

काठमाडौंः बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ घर भएका १८ वर्षीय किशोर छन्। 

उनले १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। बिहीबार किशोरीले प्रहरीमा बलात्कारको जाहेरी दिएकी थिइन्। जाहेरी आएपछि प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। 

कमेन्ट लोड गर्नुस