सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलले सडकमा सुतिरहेका एक जनालाई ठक्कर दिँदा मृत्यु 

२०७९ मंसिर ९, ०९:०८ खबर संवाददाता

धनगढी: कैलालीमा मोटरसाइकलले सडक किनारमा सुतिरहेका एक जनालाई ठक्कर दिँदा मृत्यु भएको छ। जिल्लाको जोशिपुर गाउँपालिका–१ बडहरियास्थित जोशिपुर–टिकापुर सडक खण्डमा से५प३९७७ नम्बरको मोटरसाइकलले सडक किनारमा सुतिरहेका एक जनालाई ठक्कर दिएको हो। 

सोही गाउँपालिका–४ झपही बस्ने २६ वर्षीय रमेश चौधरीले चलाएको उक्त मोटरसाइकलले बडहरिया बस्ने ७० वर्षीय छल्लुराम चौधरीलाई सडकको किनारमा सुतिरहेको अवस्थामा ठक्कर दिँदा उनी घाइते भएका थिए। 

घाइते चौधरीको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनकाल अनुसार चालक र पछाडि सवार अन्य एकजना पनि सामान्य घाइते भएका छन्। मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको जोशीले बताए। 


 

कमेन्ट लोड गर्नुस