सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चलिरहेको कारमा अचानक आगलागी 

फाइल फोटो
फाइल फोटो
२०७९ मंसिर ९, ०८:५८ खबर संवाददाता

धनगढी: धनगढीमा एक कारमा अचानक आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ चौराह नजिक रहेको पुलिस स्कुल नजिक कारमा आगलागी भएको हो। 

भन्सारबाट धनगढीतर्फ आउँदै गरेको चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ४५ वर्षीय दिपक भट्टले चलाएको से१च २३०९ नम्बरको कारमा अचानक आगलागी भएको हो। कारमा के–कति कारणले आगलागी भएको बारे खुल्न नसको प्रहरीले बताएको छ। 

कारको अगाडिको भागमा क्षति भएको र अहिले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। मानविय क्षति भने नभएको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस