सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक लाख १५ हजार म्यादी प्रहरीको बिदाइ

२०७९ मंसिर ८, ०९:३८ खबर संवाददाता

काठमाडौँ: प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी बिहीवारदेखि बिदा भएका छन्। देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरीलाई बिहीवार बिदा गरिएको नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। 

‘जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई आज सोही कार्यालयबाट बिदाइ गरियो’, उनले भने। छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरेकामा धन्यवादसहित म्यादीलाई बिदाइ गरिएको उनले बताए। 

जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट प्रमाणपत्रसहित म्यादी प्रहरी घर फर्किएका छन्। 

कमेन्ट लोड गर्नुस