सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–२ मा उन्मुक्तिका अरुणले लिए अग्रता, माओवादीका बडुवाल तेस्रो 

२०७९ मंसिर ८, ०८:५२ खबर संवाददाता

धनगढीः कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुण चौधरीले अग्रता लिएका छन्। नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल दोस्रो स्थानमा रहेका छन्।

अहिलेसम्मको मत गणनामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार भरतले ११ हजार १४२ मतसहित अग्रता लिएका हुन्। यस्तै रावलले ९ हजार ७०७ मत ल्याएका छन्। 

यस्तै माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालले ९ हजार ६९४ मत ल्याएका छन्। यहाँ एक लाख चार हजार ९०६ मतदाता रहेकोमा मंसिर ४ गतेको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ।

कमेन्ट लोड गर्नुस