सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘अन्तरघाती मुर्दावाद’ भन्दै कांग्रेसका नेताको घर बाहिर नाराबाजी 

२०७९ मंसिर ८, ०७:३४ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध पार्टी कार्यकर्ताले अन्तरघात गरेको आरोप लगाउँदै नाराबाजी गरेका छन्। उनीहरूले ‘अन्तरघाती मुर्दावाद, कृष्ण केसी मुर्दावाद, कांग्रेस जिन्दावाद, पार्टी शुद्धीकरण गर’ लगायत नारा लगाएका थिए।

नेपाली कांग्रेसको झण्डा बोकेका कार्यकर्ताले बाँझपाटन सडकमा निकै बेर नाराबाजी गरेका थिए। कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै कांग्रेस कार्यकर्ताले आक्रोश पोखेका हुन्।

एमालेसँग मिलेर पार्टीका प्रतिनिधि सभा उम्मेदवार तथा जिल्ला पार्टी सभापति किशोरदत्त बराल र प्रदेश सभा सदस्य उम्मेदवार दीपक गुरुङलाई हराउन लागेको आरोप कार्यकर्ताले लगाएका छन्। 

नेता केसीको घरअगाडि कार्यकर्ताले आक्रोशपूर्ण नाराबाजी चर्काएपछि सुरक्षाका लागि केसी निवासमा प्रहरी पुगेका छन्। कार्यकर्ताहरूले नाराबाजी गरिरहँदा घरमा नेता केसी र उनको परिवारका कुनै पनि सदस्य भने थिएनन्। कास्की प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’मा कांग्रेस उम्मेदवार दीपक गुरुङ पराजित भएका छन्। 

कमेन्ट लोड गर्नुस