सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

२०७९ मंसिर ८, ०५:१४ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन्। सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरे।

कमेन्ट लोड गर्नुस