सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा म्याजिक पल्टियो, ४ जना घाइते 

२०७९ असोज २१, ०४:४५ खबर संवाददाता

धनगढी: कैलालीमा म्याजिक पल्टिँदा ४ जना घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा शुक्रबार से १ ज ३८४ नम्बरको म्याजिक पल्टिएको प्रहरीले बताएको हो।

उक्त म्याजिक अनियन्त्रित भई पल्टिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। म्याजिकमा सवार ४ जना सामान्य घाइते भएका र उनीहरुको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। म्याजिकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस