सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीमा बाढी पस्यो, २०० बढी घर डुबानमा 

डुबान भएपछि स्थानीयहरु सडकमा
डुबान भएपछि स्थानीयहरु सडकमा
२०७९ असोज २१, ०३:०५ खबर संवाददाता

धनगढीः कैलालीको भजनीमा बाढी पसेको छ। लगातारको वर्षाका कारण आएको बाढी भजनी नगरपालिकाका विभिन्न टोलहरुमा पसको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका-२ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरुमा करीब १२५ घरधुरीमा डुबानमा परेका छन्। त्यहाँको स्थानीय काँडा नदीको बाढी पसेर पल्टापुरका करीब ४० घरधुरी डुबानमा परेका हुन्। 

यस्तै भजनी नगरपालिका वडा नम्बर ७ शिबिर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ। भने, वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको बताइएको छ। 

डुबान भएपछि त्यस क्षेत्रमा ९५ जना मानिसहरु पल्टापुरमा बसिरहेको प्रहरीले जानकारी दिएको छ। उक्त स्थानहरुमा प्रहरी टोलीहरु खटिएका छन्।

कमेन्ट लोड गर्नुस