सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विद्युत कार्यालयमा डुबान 

२०७९ असोज २१, ०२:०५ खबर संवाददाता

धनगढीः नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको छ। लगातारको वर्षाका कारण नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको हो। 

कार्यालयभित्रै पानी पसेपछि कार्यालयको कामकाज प्रभावित बनेको बताइएको छ। पानीले भिजेर उपकरणहरुसमेत बिग्रने खतरा बढेको कार्यालयले जनाएको छ। 

यसअघिका वर्षहरुमा पनि कार्यालय जलमग्न हुने गरेका थियो। यस्तै वर्षा रहे विद्युत सेवा प्रभावित हुनसक्ने जनाइएको छ। पानी निकास नहुँदा कार्यालय डुबानमा पर्न थालेको हो। 

कमेन्ट लोड गर्नुस