सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाइते 

फाइल फोटो
फाइल फोटो
२०७९ असोज १५, ०८:२१ खबर संवाददाता

धनगढी: धनगढीमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाइते भएका छन्। शनिबार उपमहानगरपालिकाको वडा नम्बर २ स्थित वडा कार्यालय अगाडि सुपप्र ०१ ००७ प ९७७६ नम्बरको मोरसाइकलले सोही ठाउँका ८१ वर्षीय इश्वरीदत्त उप्रेतीलाई ठक्कर दिएको हो।

साइकलमा बाटो काट्ने क्रममा उनलाई मोटरसाइकलले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको धनगढीकै मायम मेट्रो अस्पतालमा सपचार भइरहेको प्रहरीले बताएको छ। चालक धनगढी-२ कै २६ वर्षीय छविलाल चौधरी उपचारमा संलग्न रहेका र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।                                                                     

कमेन्ट लोड गर्नुस