सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ‘चरी बाघ’ भेटियो, उद्धार गरेर धनगढीमा राखियो

२०७९ असोज १५, ०६:५२ खबर संवाददाता

धनगढीः कैलालीमा एक ‘चरी बाघ’ भेटिएको छ। शनिबार जिल्लाको गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा  ‘चरी बाघ’ फेला परेको हो। 

डिभिजन वन कार्यालय धनगढीले चौधरी खोलामा बाघको एक बच्चा फेला परेको र उक्त बाघको उद्धार गरिएको जानकारी दिएको छ। सो चरी बाघको बच्चालाई सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरेर धनगढी ल्याएको हो। 

उद्धार गरेर ल्याइएको बाघलाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको छ। उक्त बाघलाई केही दिनपछि वनमा छोडिने बताइएको छ। सो चरी बाघ अल्पवयस्क अवस्थाको रहेको जनाइएको छ। 

कैलालीको घोडाघोडी सिमसार क्षेत्र, गौरीगङ्गा, बसन्ता कोरिडोर क्षेत्रमा चरी बाघ पाइने गरेका छन्।


 

कमेन्ट लोड गर्नुस