सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्लम्बर एशोसियसनको रक्तदान कार्यक्रम

२०७९ असोज १५, ११:३७ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा सुदूरपश्चिम प्लम्बर एशोसियसनले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। शनिवार धनगढी उपमहानगरपालिको पार्किङस्थलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। विजया दशमी तथा शुभ दीपावलीको अवरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको एशोसियनका अध्यक्ष हिरालाल चौधरीले बताए।

हरेक वर्षका चाडपर्वको पुर्वसन्ध्यामा एशोसियनले विभिन्न सामाजिक काम गर्दै आएकोमा यस वर्ष रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए। रक्तदान कार्यक्रममा २५ देखि ३० जनाको सहभागिता रहने एशोसियनले जनाएको छ। धनगढीमा रहेको सुदूरपश्चिम प्लम्बर एशोसियनमा साढे २ सय सदस्य संख्या रहेको अध्यक्ष चौधरीले बताए।

कमेन्ट लोड गर्नुस