सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

२०७९ असोज १५, ०९:१७ खबर संवाददाता

दाङः सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।

सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका ७ जिमालीमा दुर्घटना भएको हो। 

दुर्घटनमा परी मृत्यु हुनेमा कुमाख गाउँपालिका ७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको प्रहरीले बताएको छ। 

जीप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस