सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनास्लु हिमालमा हराइरहेकी नेल्सन मृत भेटिइन्

२०७९ असोज १२, १२:१२ खबर संवाददाता

काठमाडौंः मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ। अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन्।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन्। उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो। उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ। हेलिकोप्टरमार्फत् उनलाई गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ।
 

कमेन्ट लोड गर्नुस