सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषधसहित ४ जना पक्राउ

२०७९ असोज १२, ०८:१९ खबर संवाददाता

पर्साः लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। वीरगंज महानगरपालिका ३१ मिलन चौकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित मकवानपुर राक्सिराङ गाउँपालिका १ रायसी बस्ने ३४ वर्षीय सिमन चेपाङ समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

जितपुरबाट बिरुवागुठीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ह ९७५ नम्बरको अटो प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक समेत अटोमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस