सुदूर नेपाललाई विश्वसँग जोड्दै

भान्जीको बिहेबाट फर्किएका एकै परिवारका ५ जनाको दुर्घटनामा मृत्यु 

२०७९ असोज १२, ०८:०४ खबर संवाददाता

रुपन्देही: बुधबार बिहान सल्यानमा भएको जीप दुर्घटनामा मृत्यु भएका ८ जनाको पहिचान खुलेको छ। बाँके कोहलपुर धकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका वडा नं ३ मूलपानीमा आज बिहान साढे तीन बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

सो घटनामा एकै परिवारका ५ जनाले ज्यान गुमाएका छन्। भान्जीको बिहेमा गएर फर्केका ७० वर्षीय खुमलाल वली, उनकी श्रीमति ५५ वर्षीय कुमारी वली, भाइहरु धर्म ओली र ललित ओली, ११ वर्षको छोरा बसन्त ओलीको मृत्यु भएको भरारीले बताए। अहिले सबै शवहरु संकलन गरेर पोष्टमार्टका लागि जिल्ला अस्पताल लैजान थालिएको छ।

कमेन्ट लोड गर्नुस