सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एसपीए कलेजले पायो अवार्ड

२०७९ असोज ११, ०५:११ खबर संवाददाता

धनगढीः धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले अर्वाड पाएको छ। अमेरिकाको न्यूयोर्क सहरमा आयोजित कार्यक्रममा एसपीएले ग्रीन कलेज अवार्ड पाएको हो।

वातावरणका क्षेत्रमा काम गर्दै आएका विश्वभरका शैक्षिकसंस्था सहभागी उक्त कार्यक्रममा एसपीएलाई स्थानीय वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै अवार्ड दिएको हो। ‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले उक्त अवार्ड प्रदान गरेको थियो। 

एसपीएका पूर्व कर्मचारी हर्क बोहराले उक्त अवार्ड ग्रहण गरेका थिए।


 

कमेन्ट लोड गर्नुस