सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुनियरलाई र्‍यागिङ गरेको भन्दै नेसनल मेडिकल कलेजका यी ७ विद्यार्थी निष्कासित

२०७९ असोज ११, ०४:३१ खबर संवाददाता

काठमाडौंः जुनियर विद्यार्थीमाथि र्‍यागिङ गरेको भन्दै वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सात जना विद्यार्थीलाई एक वर्षका लागि निष्कासित गरेको छ।

कलेजले छात्रवासमा र्‍यागिङ गर्नेलाई असोज ९ गतेदेखि १ वर्षका लागि निष्कासन गरेको जनाएको छ। कलेजका प्रिन्सिपल प्राडा केएन सिंहले सात जनाको नाम सार्वजनिक गर्दै निष्कासन गरेको सूचना निकालेका छन्।

एक वर्षका लागि निष्कासित हुनेमा सागरकुमार साह, प्रसोसन चौधरी, उमर देवान, बिनीतकुमरा गुप्ता, मनोहर महासेठ, सुमन सुब्बा र अभिषेक यादव छन्।

 
कमेन्ट लोड गर्नुस