सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदी पसलका सञ्चालकलाई कुटेर लुटपाट

२०७९ असोज ११, ०२:०० खबर संवाददाता

काठमाडौँः काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली पदमसालस्थित गोसाइँकुण्ड सुनचाँदी पसलमा सञ्चालकलाई घाइते बनाई गहना र पैसा लुटिएको छ। प्रहरीका अनुसार सोमबार साँझ उक्त सुनचाँदी पसलका सञ्चालकलाई कुटपिट गरी २ तोला बराबरको सुनका गहना र ४५ हजार रुपैयाँ लुटपाट गरिएको हो।

खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले घाइते पसल सञ्चालकलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाएको छ। घटनास्थलबाट ३ वटा पोकामा रहेका चाँदीका गहनासमेत बरामद गरिएको र लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस