सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका शक्तिपीठमा जमरा राखियो 

२०७९ असोज ११, १२:३९ खबर संवाददाता

धनगढीः हिन्दू नेपालीहरुको महान चाड बडादशैं आज सुरु भएको छ। आज दशैंको पहिलो घटस्थापनासँगै बडादशैं सुरु भएको हो।

दशैं सुरु भएसँगै सुदूरपश्चिमका जिल्लामा चहलपहल बढेको छ। देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रही आएको भए पनि सुदूरपश्चिममा सामूहिक रुपमा मन्दिरहरूमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी मन्दिरका पुजारी देवदत्त भट्टले बताए।

मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन वर्षौं पहिलादेखि सुरु भएको र यसले सामाजिक सद्भावको विकास सहयोग पुर्‍याउने विश्वास छ। जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरमा सामूहिक रुपमा जमरा राखिएको छ। महारुद्र, उदयदेव, सिगास, दोगडा, केदार लगायतका मन्दिरहरूमा सामूहिक रुपमा जमरा राखिएको छ।

दशैं सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रही आएको छ। घटस्थापनाका दिन राखिएको जमरालाई धेरैजसो ठाउँमा अष्टमीका दिन काट्ने चलन छ। 


 

कमेन्ट लोड गर्नुस