सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनास्लु हिमपहिरो : १ जनाको मृत्यु, १० जनाको सकुशल उद्धार

२०७९ असोज ११, ११:२० खबर संवाददाता

काठमाडौं: मनास्लु हिमपहिरोमा परेर घाइते भएकाहरू सबैको उद्धार गरिएको छ। मंगलवार बिहानसम्म सबै घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए। हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो। खराब मौसमका कारण सोमवार उनीहरुको उद्धार हुन सकेको थिएन। सोमवार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो भने आज ९ जना घाइतेको उद्धार गरिएको हो।

मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमवार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए। 

कमेन्ट लोड गर्नुस