सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको चक्काजाम खुल्यो 

२०७९ असोज १०, ०५:०९ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा गरिएको चक्काजाम खुलेको छ। सोमबार ईलाका प्रहरी कार्यालय मालाखेती अगाडीको पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरिएको थियो।

आज बिहान गोदावरीमा जीपको ठक्करबाट मृत्यु भएका गोदावरी नगरपालिका–१ का सेकुराम चौधरीका आफन्त र स्थानीयले चक्काजाम गरेका थिए। कानुनअनुसार दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपुर्ती दिने सहमतीपछि चक्काजाम खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

बाजुराबाट धनगढीतर्फ आउँदै गरेको ग १ ज ६८५५ नम्बरको जीपले ठक्कर दिँदा गोदावरीका चौधरी घाइते भएका थिए। उपचारका लागि सेती अस्पताल पुर्याइएका उनको अस्पतालमै मृत्यु भएको थियो।


 

कमेन्ट लोड गर्नुस