सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा चक्काजाम !

फाटोः अत्तरिया अनलाइन
फाटोः अत्तरिया अनलाइन
२०७९ असोज १०, ०१:५८ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा चक्काजाम गरिएको छ। सोमबार ईलाका प्रहरी कार्यालय मालाखेती अगाडीको पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरिएको हो।

आज बिहान गोदावरीमा जीपको ठक्करबाट मृत्यु भएका गोदावरी नगरपालिका–१ का सेकुराम चौधरीका आफन्त र स्थानीयले चक्काजाम गरेका हुन्। उनीहरुले ठक्कर दिने चालकमाथि कारबाही गरेर क्षतिपुर्ति दिन पनि माग गरेका छन्।

चक्काजाम गरिएपछि सवारीसाधन ठप्प बनेका छन्। यता, प्रहरीले चक्काजाम खुलाउन प्रयास गरिरहेको जनाएको छ। 

आज बाजुराबाट धनगढीतर्फ आउँदै गरेको ग १ ज ६८५५ नम्बरको जीपले ठक्कर दिदाँ गोदावरीका चौधरी घाइते भएका थिए। उनलाई उपचारका लागि सेती अस्पतालमा पुगाइएको थिए। तर, उनको अस्पतालमै मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस