सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सशस्त्रले समात्यो गाडीसहित १८ लाखको अवैध सामान

२०७९ असोज १०, १२:२७ खबर संवाददाता

धनगढीः कैलालीमा सशस्त्र प्रहरीले एक गाडीसहित १८ लाख बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वा कैलालीबाट खटिएको गस्ती टोलिले एक बोलेरो जीपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

जिल्लाका विभिन्न इलाकाबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वा कैलालीले जनाएको छ। सशस्त्रले नियन्त्रणमा लिएको गाडीसहित किराना सामान, कम्प्युटर पार्टस, लेडिज कपडाहरु आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ।

कमेन्ट लोड गर्नुस