सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जीपको ठक्करबाट घाइते भएका पैदल यात्रुको मृत्यु

२०७९ असोज १०, ११:५३ खबर संवाददाता

धनगढीः कैलालीमा जीपले ठक्कर दिएर घाइते भएका एक जना पैदल यात्रुको मृत्यु भएको छ। सोमबार गोदावरीधाम नजिकै ग १ ज ६८५५ नम्बरको जीपले ठक्कर दिदा गोदावरी नगरपालिका–१ को भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै जीपसहित चालक बाजुराको बडीमालिका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश बडुवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस