सुदूर नेपाललाई विश्वसँग जोड्दै

'व्याकुल माइला' लाई मासिक ५० हजार रुपैयाँ दिने सरकारकाे निर्णय

२०७९ असोज १०, ०८:०८ खबर संवाददाता

काठमाडौं: सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा असाेज ७ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

आइतवार मन्त्रिपरिषद्काे निर्णय सुनाउँदै प्रवक्ता कार्कीले सरकारले संस्कतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको पनि जानकारी दिए। 

कमेन्ट लोड गर्नुस