सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुटर र ट्याक्सी ठोक्किँदा एक जनाको ज्यान गयो

२०७९ असोज ९, ०८:३५ खबर संवाददाता

काठमाडौं: काठमाडौंको वसुन्धारामा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।

राति पौने २ बजे बा२  ११९२ नम्बरको ट्याक्सी र बा९१प ५४०३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गोरखा घर भएका ३१  वर्षका राजु गरुङको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ज्यान गएको हो। ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस