सुदूर नेपाललाई विश्वसँग जोड्दै

अरिङ्गालको गोलो पोल्न विद्युत प्राधिकरणको १० हजार रुपैयाँ पारिश्रमिक

फाइल फोटो
फाइल फोटो
२०७९ असोज ८, ०८:१२ खबर संवाददाता

काठमाडौँ: काठमाडौँको मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गोलो पोलेवाफत १० हजार रुपैयाँ पारिश्रमिक दिइएको छ। विद्युत् प्राधिकरणले शनिबार तीन जना मान्छे लगाएर अरिङ्गालको गोलो पोलेको काठमाडौँ ग्रिडका प्रमुख विनोद लोहनीले बताए।

प्राधिकरणका अनुसार उनीहरुले मागेअनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिइएको हो। अरिङ्गालको गोलोका कारण काठमाडौँको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएपछि प्राधिकरणले अरिङ्गाल पोल्ने मान्छेको खोजी समेत गरेको थियो।

कमेन्ट लोड गर्नुस