सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसीका माग पूरा गर्न सरकार सहमत, अनसन तोड्ने तयारी 

फाइल फोटो
फाइल फोटो
२०७९ असोज ८, ०७:३३ खबर संवाददाता

धनगढी: सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ। चिकित्सा शिक्षाको सुधारको मागसहित अनशन बसेका डा. केसीका माग पूरा गर्न सरकार तयार देखिएपछि अनशन तोड्ने तयारी भइरहेको बताइएको हो।

सहमतिको प्रस्ताव तयार भइरहेको र सहमतिमा हस्ताक्षरपछि डा. केसीले शनिबार नै अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले बताए। डा. केसीले गत भदौ २७ गतेबाट धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं  आमरण अनसन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेयिशक अस्पताल भर्ना गरिएको थियो।

सेती अस्पतालले उनको स्वास्थ्य समस्या बढ्दै गएको बताएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्नेसहितका विभिन्न ७ बुँदे माग राखेका अनशन थालेका थिए। 

कमेन्ट लोड गर्नुस