सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबारसम्म सुदूरपश्चिममा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह 

फाइल फोटो
फाइल फोटो
२०७९ असोज ८, ०५:१६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा शनिबार (आज)देखि सोमबारसम्म भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय अत्तरियालाई उधृत गर्दै प्रदेशमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरेको हो।

प्रदेशका कञ्चनपुर, बैतडी र दार्चुलामा बढी वर्षा हुने पूर्वानुमान गरिएको सूचनामार्फत जनाइएको छ। मन्त्रालयले विपदमा खटिने सर्वसाधारण, सबै मन्त्रालय, विपद व्यवस्थापन समितिहरु, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा सबै सरोकारवाला र स्थानीयबासीलाई सतर्कता अपनाउन भनेको छ। पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। 

कमेन्ट लोड गर्नुस