सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक सुनचाँदी पसलमा चोरी

२०७९ असोज ८, ०४:२२ खबर संवाददाता

धनगढीः धनगढीको एक सुनचाँदी पसलमा चोरी भएको छ। गएराति धनगढीको एलएन चोकमा रहेको राजश्री सुनचाँदी गहना पसलमा चोरी भएको हो।

प्रहरीका अनुसार पसलबाट चोरले सुनचाँदीका गरगहना लगेको छ। सीसीटीभी फुटेजबाट राति २ बजेर ५९ मिनेटमा सटरको ताला फुटाएर चोर पसलभित्र प्रवेश गरेको खुलेको छ।

अहिले प्रहरीले उक्त सीसीटीभी फुटेज विश्लेषण गरिरहेको छ। पसलबाट करीब सवा एक लाख बराबरको चोरी भएको दाबी गरिएको छ।
 

कमेन्ट लोड गर्नुस