सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत् प्राधिकरणले खोज्यो अरिँगाल पोल्ने मान्छे

फाइल फोटो
फाइल फोटो
२०७९ असोज ८, ०३:३५ खबर संवाददाता

धनगढीः अरिँगालको गोलोका कारण काठमाण्डौको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको छ।

मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न नसकिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले जानकारी दिए। अरिँगाल पोल्नको लागि उनले मान्छेको समेत खोजी गरेका छन्। 

अहिलेसम्म धेरैजना सम्पर्कमा आए पनि टावर अग्लो भएको कारण पोल्न नसकिने बताएको उनले बताए। ‘धेरैले सम्पर्क गरे पनि सकिन्न भन्दै फर्किए, अहिले २ जना सम्पर्कमा आएर रातिको समयमा पोल्ने भनेका छन्, आशा छ राति अरिँगाल पोलेर भोलि बिहान तार जडानको काम सुरु हुन्छ होला।’ लोहनीले भने।

कमेन्ट लोड गर्नुस