सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले शताब्दी पुरुष जोशीको लागि स्वास्थ्यकर्मीको व्यवस्था गर्ने

२०७९ असोज ८, ०७:१५ खबर संवाददाता

काठमाडौंः सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको लागि स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका हुन्।

आज ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्।  

पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका थिए। विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी उमेरले एक सय तीन वर्ष पुगिसकेका छन्।

कमेन्ट लोड गर्नुस