सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

२०७९ असोज ७, ०९:४६ खबर संवाददाता

धनगढी: त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। शुक्रबार अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताएका हुन्।

उनको शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको र इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि उनले अस्वीकार गरिरहेको विज्ञप्तिमा भनिएको छ। गत भदौ २७ गतेबाट धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं आमरण अनसन सुरु गरेका डा.केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो।

कमेन्ट लोड गर्नुस