सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलामा डुबेर तीन बालकको ज्यान गयो

२०७९ असोज ७, ०८:४९ खबर संवाददाता

मकवानपुर: मकवानपुरमा खोलामा डुबेर तीन बालकको ज्यान गएको छ। हेटौँडा उपमहानगरपालिका-७ न्युरेनी नागदहको कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कर्साङ जिम्बार र १३ वर्षीय सञ्जीव मोक्तानको ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कर्रा खोलामा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका थिए। आज दिउँसो चार जना बालकहरु पौडी खेल्न खोलामा गएकामा एक जनाको भने सकुशल उद्धार गरिएको थियो।  

कमेन्ट लोड गर्नुस