सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर बाबुछोराको मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ भदौ ४, ११:४५ खबर संवाददाता

नेपालगञ्ज: नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका- १७, ढोडेगाउँ निवाी ४५ वर्षीय परसराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो।

बिहान ५ बजेतिर घरमै अटोरिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको थियो। छोरालाई बचाउन खोज्दा बुवा परसरामलाई पनि करेन्ट लागेको थियो। शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएको छ।

कमेन्ट लोड गर्नुस