सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

२०७९ भदौ ४, ०६:४२ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए। गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता बिमलेन्द्र निधिले ट्वीट गरेका छन्, ‘स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं।’

कमेन्ट लोड गर्नुस