सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर एक जनाको मृत्यु 

२०७९ भदौ ३, १०:५५ खबर संवाददाता

सप्तरी: करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सप्तरी, बोदेबर्साइन नगरपालिका ३ मधुवन बस्ने १८ वर्षीय राम नरेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो।

आफनै घरमा टेवल पङ्खा चलाईरहेको अवस्थामा अचानक करेन्ट लागेर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस