सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमतीलाई बलात्कारलाई गर्ने श्रीमान् पक्राउ

२०७९ भदौ ३, ०८:२२ खबर संवाददाता

मकवानपुरः श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। मकवानपुरको थाहा नगरपालिका ७ घर भएकी महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। 

मकवानपुरको थाहा नगरपालिकाका ति युवा काठमाडौँ बानेश्वर बस्दै आएका थिए। आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई अनामनगरबाट पक्राउ गरेको हो। बागबजारमा आफूलाई बलात्कार गरेको पत्नीको आरोप छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस