सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहकारीका म्यानेजरले आफ्नै कर्मचारीलाई बलात्कारको प्रयास गरेपछि...

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ भदौ ३, ०८:०९ खबर संवाददाता

महोत्तरी: संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट एकजना सहकारीका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोनमा गाउँपालिका– ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन्। उनी प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर हुन्। 

मंगलबार म्यानेजर यादवले संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका प्रहरीले जानकारी दिएको छ।  युवतीले त्यहाँबाट भागेर ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी थिइन्।  यादवले यसअघि पनि बैंकमा कार्यरत युवतीहरुलाई जबर्जस्ती करणीको प्रयास गरेका थिए।
 

कमेन्ट लोड गर्नुस