सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेती र सेती नदी ६ को सर्वेक्षण अनुमति एनएचपीसीलाई दिने सम्झौता

२०७९ भदौ ३, ०६:४९ खबर संवाददाता

काठमाडौं: पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसीलाई दिने सम्झौता भएको छ। विहीबार उक्त सम्झौतामा हस्ताक्षरका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा एक पाँचतारे होटलमा आफै उपस्थित थिए। 

सात सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र एनएचपीसीलाई दिइएको हो। समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्ट र भारतका तर्फबाट एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन्। 

समझदारीअनुसार एनएएचपीसीले पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी ६ जलविद्युत परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्नेछ।
भारतीय कम्पनीले दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन गरी प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्नेछ। 

कमेन्ट लोड गर्नुस